विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले पार्टी फुटाएर गएका समुहलाई फर्केर आउन आग्रह गरेका छन्।   संयोजक मिश्रले पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा पत्रकार सम्मेलन योजना गरेर उज्वल थापा लगायतका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका हुन्। "/>

‘फर्केर आउनुहोस्, सशक्त ढंगले अघि बढौं ’- मिश्र

‘फर्केर आउनुहोस्, सशक्त ढंगले अघि बढौं ’- मिश्र

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले पार्टी फुटाएर गएका समुहलाई फर्केर आउन आग्रह गरेका छन्।  संयोजक मिश्रले पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा पत्रकार सम्मेलन योजना गरेर उज्वल थापा लगायतका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका हुन्।

अझै सशक्त ढंगले अघि बढ्ने बताउदै मिश्रले भने,- ‘एउटा बिन्दु आउँछ हामी फेरि मिल्छौँ। त्यहाबाट  जान्छौँ। यो यात्रा कुनै पनि हालतमा रोकिँदैन।’ उनले थपे ‘हामीबीच अप्रेम अझै पनि बाँकी छ, कुनै द्वेष छैन्,’ उनले भने, ‘आउनुहोस सँगै हिँडौँ, संवाद नगरी हुँदैन्।’

आफूहरु नजानेको यात्रामा हिँडेकाले  दुवै पक्षबाट कमजोरी भएका हुन सक्ने उनले बताए। उनले भने, ‘नजानेको यात्रामा हामी सँगै हिँड्दा हाम्रो तर्फबाट कमजोरी भए होलान्। उहाँका तर्फबाट पनि भए होलान्।’

आर्थिक पार्दशिताका बारेमा आफूहरूमाथि अनेक आक्षेप लगाएको भन्दै त्यसबाट आफू निकै दु:खी भएको मिश्रको भनाइ छ। ‘छोडेर जाने साथीहरूले जस्तो आरोप लगाउनुभयो, त्यसको मैले कुनै पनि मिडियाबाट जवाफ दिएको छैन्’, उनले भने।

यसैबीच विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्य पत्रकार सम्मेलनमै भक्कानिए। उनले पार्टीमा पछिल्लो समय अस्वभाविक ढंगले घटनाक्रमहरू बढेको बताउँदै पार्टी फुटको घटनाले आफूहरू स्तब्ध भएको बताए।

Logo