काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेले न्यायालयप्रति विशेष आभार व्यक्त गरेका छन् । न्याय प्रणालीमा विश्वास गर्ने ठाउँ भएको उनले उल्लेख गरेका छन् ।
अझै धेरै लडाइँ बाँकी भएकाले पछि बोल्ने समय आए नबोल भने पनि बोल्ने उनले बताए । रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।
न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिएलगत्तै रविले बैंक ग्यारेन्टीमार्फत ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । पार्टीका नेता कार्यकर्ताले खुशी हुँदै नाराबाजी गरेका थिए । काठमाडौँ जिल्ला अदालतमा आफैँ उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो ।
रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाईं, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन् ।































प्रतिक्रिया