कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान

केन्द्रबिन्दु
21
Shares

मोरङ । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

“आजको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैँटौ हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष सिफारिस गर्ने निर्णय गरेको छ”, उनले भने ।

यस्तै, बैठकले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएको भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारको कानुन प्रदेश मामिला समितिमा अध्ययन छलफलका लागि पठाउने निर्णय गरेको उनले जानकारी दिए ।

Logo