राजनीतिक दलहरु अझ पारदर्शी ढंगले सञ्चालन गर्न आवश्यक छः सभामुख घिमिरे

राजनीतिक दलहरु अझ पारदर्शी ढंगले सञ्चालन गर्न आवश्यक छः सभामुख घिमिरे

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई प्रवद्र्धन गर्नको लागि सूचनामा आधारित भएर राजनीतिक दलहरु अझ पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित सूचनाको हक सम्बन्धी कानुनी अभ्यास विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले जनताको विश्वास जित्नको लागि मात्र नभई आफूले गरिरहेका गतिविधिहरु सार्वजनिक हुने ढंगबाट जाने प्रणालीको विकास गर्न दलहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘लोकतन्त्रलाई प्रवद्र्धन गर्नको लागि सूचनामा आधारीत भएर राजनीतिक दलहरु अझ पारदर्शी ढंगले सञ्चालन गर्नको लागि जनताको विश्वास जित्नको लागि यस्तो प्रणालीको विकास गरौं, जुन कुराहरु जनताले आफूलाई चाहिएका कुराहरु खोज्दा पाउने मात्र होइन कि आफूले गरिरहेका गतिविधिहरु सार्वजनिक हुने ढंगबाट जाने प्रणालीको विकास गर्न दलहरुले भूमिका खेल्नुपर्छ ।’

त्यस्तै, उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका सबैभन्दा माथि रहने बताए । जनताको अभिमतहरु ठिक ढंगले अभिव्यक्ति गर्ने दलहरु आफैं अलोकतान्त्रि विधिअन्तर्गत निर्माण भइ आफूलाई नै व्यवस्थित गरेमा प्रश्न उठ्नु स्वभाविक रहेको उनको भनाई छ ।

उनले भने,‘दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका माथि रहन्छ । दल आफैं त्यसको माध्यम हो जसले आम जनतालाई ठिक दिशामा लान सक्छ । जनताको अभिमतहरु ठिक ढंगले अभिव्यक्ति गर्ने ,निर्णयमा पुर्याउने र परिणाम दिने कामको साधक बनेर जान सक्छ । तर उ आफैं लोकतान्त्रि विधिअन्तर्गत बनेको छैन । सूचना सम्बन्धि काम व्यवस्थित गर्न आफूलाई नै व्यवस्थित गरेको छैन भने प्रश्न उठ्नु स्वभाविक हो ।’

Logo