सार्क हामीले मात्र चाहेर सक्रिय हुँदैन -परराष्ट्रमन्त्री राणा

सार्क हामीले मात्र चाहेर सक्रिय हुँदैन -परराष्ट्रमन्त्री राणा

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क नेपालले मात्र चाहेर सक्रिय बनाउन नसकिने स्पष्ट पारेकी छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री डा राणाले यस्ताे बताएकी हुन् । तर पनि सार्कलाई गति दिनका लागि पहल भने जारी राखिएको स्पष्ट पारिन‍् ।

उनले भनिन्, “हामीले मात्र चाहेर सार्क सक्रिय बनाउन सकिने होइन । सार्कको बडापत्रमा नै सबै सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखको सहमतिमा मात्र यसको शिखर सम्मेलन हुन्छ भनिएको छ । सबै सदस्य राष्ट्रका तयार नभएकाले नै सार्कले गति नलिएको हो । तर अध्यक्षका नाताले नेपालले गर्ने पहल र प्रयास गरिरहेकै छ ।”

सार्कको शिखर सम्मेलन मात्र हुन नसकेको तर अन्य कार्यक्रम तथा बैठक भने भइरहेको मन्त्री डा राणाले बताइन् । आफूले संयुक्त राष्ट्रसङ्घीय महासभाका क्रममा पनि सार्कका विदेशमन्त्रीहरुको बैठकका लागि पहल गरेको पनि उनले बताइन् ।

Skip This
Skip This
Logo