कार्य विभाजनको मोडालिटीबारे माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफल

कार्य विभाजनको मोडालिटीबारे माओवादी केन्द्रको पदाधिकारी बैठकमा छलफल

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । बुधबार बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा संगठनात्मक सवालको बारेका छलफल भएको छ । बैठकमा मुख्यतया कार्यविभाजनको मोडालिटी कस्तो हुने विषयमा छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उनले भने, ‘पदाधिकारी बैठकमा मुख्यत कार्य विभाजनको बारेमा छलफल भयो । कार्य विभाजनको मोडालिटी कस्तो हुने र कसरी गर्ने भन्ने विषयमा नै बैठक केन्द्रित भएको थियो । सबै केन्द्रीय कार्यालयका कमरेडहरूले आफ्ना सुझावहरु राख्नुभयो । बैठक जीवन्त भयो । अब एउटा अर्को बैठक बसेर सबैका सुझावहरूसहित कार्यदलले बनाएको प्रतिवेदनलाई ध्यानमा राखेर अध्यक्षले फाइनल प्रस्ताव पेस गर्नुहुनेछ र पारित हुनेछ ।’

साथै उनले बैठक प्रभावकारी भएको बताए । उनले सरकारले चाँडो सदन नबोलाए विशेष अधिवेशनको माग गरिने विषयमा समेत छलफल भएको बताए ।

Logo