विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको छ।

पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ । समय र स्थानबारेमा भने अहिलेसम्म खुलाइएको छैन ।

Logo