काठमाडौँ । संघीय संसद्का विपक्षी दलहरूले आज (बिहीबार) गर्ने भनिएको संयुक्त पत्रकार सम्मेलन स्थगित भएको छ । बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन भोलि (शुक्रबार) दिउँसो ३ बजेका लागि सारिएको हो ।
हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुसालको दुई सदस्सीय कार्यदल बनाएको छ ।
पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।





























प्रतिक्रिया