काठमाडौँ । सर्वोच्च अदाललते नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश दिएको छ।
आफू गैरकानुनी रुपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । उनी यसअघि नै पक्राउ परेर केन्द्रीय कारागारमा छन् ।
झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेको आरोप लागेको छ। गत असार १५ गते पक्राउ परेका झालाई भदौ २ गते जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
उक्त आदेश गैरकानुनी भएको दाबी गर्दै झा बन्दीप्रत्यक्षीकरणको निवदेन लिएर सर्वोच्च पुगेका हुन्।





























प्रतिक्रिया