कुटपिट र अभद्र व्यवहार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिए उजुरी, एक जना पक्राउ

कुटपिट र अभद्र व्यवहार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिए उजुरी, एक जना पक्राउ

केन्द्रबिन्दु
147
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि कुटपिट र अभद्र व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् ।

ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन्। बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पीडितका पक्षबाट बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिरिँदै गर्दा उनीमाथि रास्वपा सभापति रवि लामिछानेका समर्थकले घेरा हालेर लछार पछार गरेका थिए।

सो घटनाको चौतर्फी आलोचना भइरहेको छ। त्रिपाठी माथिको आक्रमणप्रति नेपाल बार एसोशियसन, जिल्ला बारसहित विभिन्न राजनीतिक दलहरुले विज्ञप्ति जारी गरेर भत्सर्ना गरेका छन्।

त्रिपाठीमाथि आक्रमण गर्ने एक जनालाई बुधबार नै प्रहरीले पक्राउ गरेको थियो। दोलखाको तामाकोशी गाउँपालिका १ घर भइ हाल ललितपुर बस्ने ललित केसी बुधबार पक्राउ परेका थिए। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo