विपक्षी दलहरूको संयुक्त बैठक बस्दै

विपक्षी दलहरूको संयुक्त बैठक बस्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । संघीय संसद्का विपक्षी दलहरूको बैठक आज बस्ने भएको छ । आजको बैठक प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकपछि संयुक्त पत्रकार सम्मेलनको पनि आयोजना गरिएको छ । बिहीबार गर्ने भनिएको पत्रकार सम्मेलन शुक्रबार दिउँसो ३ बजेका लागि सारिएको थियो ।

विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुसालको दुई सदस्सीय कार्यदल बनाएको छ । पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

Logo