भीम रावलले ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी खोल्दै

भीम रावलले ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी खोल्दै

केन्द्रबिन्दु
348
Shares

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफ्नो फेसबुक पेजबाट बिहीबार पार्टीको संक्षिप्त जानकारी सार्वजनिक गरेका छन् ।

उनले सबै देशभक्त, लोकतान्त्रिक, न्यायप्रेमी, जनताको हित र समृद्धि चाहने समूह र व्यक्तिहरूको सहभागिता, समर्थन र सहयोगको अपेक्षा सहित राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी निर्माण गर्ने प्रस्ताव गरेका हुन् ।

नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् ।

Logo