काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा सुशासन क्रान्ति आवश्यक रहेको बताएका छन् ।
मुलुकमा राजनीतिक परिवर्तनका लागि पटकपटक संघर्ष, आन्दोलन र ठूलो बलिदानी भएको भन्दै बस्नेतले मुलुकलाई समृृद्धिको बाटोमा डोर्याउन अबको क्रान्ति सुशासनका लागि हुनुपर्ने बताएका हुन् ।
बस्नेतले भने, ‘मुलुकमा राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरु सरल, सहज र न्यायिक रुपमा उपलब्ध गराइ नागरिकलाई सुखद् अनुभूति दिनु सुशासन हो भन्ने मान्यता स्थापित हुुनै सकेन । नागरिकका निजी दुःख र मुलुकमा कुशासन बढेको बढ्यै छ ।’ शिक्षा, स्वास्थ्य जस्तो आधारभूत सेवा र वस्तुहरूमा नागरिकहरुको पहुँचलाई सरल र सहज बनाउनुपर्ने उनको भनाइ छ ।





























प्रतिक्रिया