काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कृषि मन्त्रालयले तयार गर्दै गरेको कृषि विधेयक जैविक विविधताको क्षेत्रको लागि महत्त्वपूर्ण दस्तावेज बन्न सक्ने बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह समापन कार्यक्रममा उनले अहिलेसम्म कृषि सम्बन्धी दर्जनौँ कानूनहरू बनाए पनि मूल कानून नबनेको भन्दै आउन लागेको विधेयक महत्त्वपूर्ण बन्ने बताए ।
उनले भने, ‘अहिलेसम्म कृषि सम्बन्धी दर्जनौँ कानूनहरु बनाए पनि यसको मूल कानून हामीले अझैसम्म बनाएका छैनौँ । त्यसको कारण नेपालको कृषिको दिशा के हुने भन्ने सम्बन्धमा जुन गति समात्नुपर्ने थियो त्यो ठाउँमा अलिकति ग्यापहरू छन् । त्यसकारण कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि महत्त्वपूर्ण दस्तावेज बन्नसक्छ ।’
यसका साथै उनले सरकारले ल्याउन लागेको कानून जैविक विविधताको विषय नेपालको कृषि क्षेत्रको मूल विषय हो भनेर पुष्टि गर्ने नयाँ अवसर भएको पनि बताए ।





























प्रतिक्रिया