काठमाडौं। सरकारले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
विपक्षी दलहरूले अधिवेशन नबोलाएर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै आलोचना गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सभामुख देवराज घिमिरेसँग छलफल गरेर यो निर्णय लिएका हुन् ।































प्रतिक्रिया