खानेपानीमन्त्री र अर्थमन्त्रीलाई भेटेपछि के भने हर्क साम्पाङले ?

खानेपानीमन्त्री र अर्थमन्त्रीलाई भेटेपछि के भने हर्क साम्पाङले ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले सिंहदरबार पुगेर खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेका छन् ।

सुरुमा खानेपानीमन्त्री यादवसँग भेट गरेका मेयर साम्पाङले सकारात्मक कुराकानी भएको बताएका छन् । सो क्रममा उनले धरानमा रहेको खानेपानीको समस्या राखेका थिए । लगत्तै अर्थ मन्त्रालय पुगेर मन्त्री पौडेलसँग भेट गरेका उनले बजेट सुनिश्चितता गरिदिन माग गरेका छन् । सप्तकोशीको पानीको प्रोजेक्ट अघि बढाउने कुरामा छलफल भएको छ ।

मेयर साम्पाङले बोकेर गएको रित्तो गाग्रो गेटबाटै प्रहरीले खोसेको थियो । सरकारले धराने जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्न सक्नुपर्ने भन्दै हर्क साम्पाङ दबाबमा उत्रिएका हुन् । धरानमा पानी सधैंको चुनावी एजेण्डा भए पनि समस्या उस्तै छ । धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै छ । खानेपानीको अभाव झेल्दै आएको धरानमा पानीको निहुँमा निकै ठूला विवाद मच्चिने गरेका छन् । हर्क साम्पाङ नै धरानमा पानीको एजेण्डा बनाएर मेयर बनेका हुन् र केही हदसम्म श्रमदान गरेर नै पानीको समस्या समाधान गर्ने जमर्को गरेका छन् तर, त्यो पर्याप्त छैन ।

आजै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने बताइएको छ ।

Logo