विकास र समृद्धिले मात्र जनताका अधिकार स्थापित गर्न सकिन्छः डा. भट्टराई

विकास र समृद्धिले मात्र जनताका अधिकार स्थापित गर्न सकिन्छः डा. भट्टराई

केन्द्रबिन्दु
18
Shares

गोरखा । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिले मात्र संविधानमा उल्लिखित जनताका अधिकार स्थापित गर्न सकिने बताएका छन् । गोरखा सदरमुकाममा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा लेखिएका अधिकार अहिले कागजमा मात्र सीमित रहेको टिप्पणी गरे ।

“राजनीतिक परिवर्तनले अहिले बोल्न र लेख्न त पाइएको छ”, डा भट्टराईले भने, “संविधानमा सबैका अधिकार त लेखिएका छन्, तर लेखेर मात्र भएन, यसलाई जनताले व्यवहारमा उपभोग गर्नका लागि विकास र समृद्धि नै चाहिन्छ ।”

अबको राजनीति देशलाई कसरी छिटो समृद्धितर्फ लिएर जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । “राजनीति भनेको गतिशील हुन्छ यसलाई बुझेर अघि बढ्न सक्नुपर्छ”, डा भट्टराईले भने, “२००७ साल, ०४७ साल, ०६२र०६३ सालको राजनीतिले मात्र अब हुँदैन, अहिले ०८१ साल आइसक्यो ।”

सत्तादेखि सत्तासम्मको राजनीतिले मात्र विकास र समृद्धि सम्भव नहुने उनको भनाइ छ । “अबको विकास समृद्धिका लागि हिजोको राजनीतिक बाटोबाट मात्र सम्भव छैन”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “सत्तादेखि सत्तासम्मका लागि चुनाव लडेरमात्र देशको विकास र समृद्धि हुँदैन ।” राजनीति सबै नीतिको मूल नीति भएकाले अहिले धमलिएमा राजनीतिको मूल नीति सफा गर्नुपर्ने बेला आएको उनले बताए ।

Skip This
Skip This
Logo