काठमाडौँ । आज संघीय संसद्अन्तर्गतका चारवटा समितिको बैठक बस्दै छ । जसमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गरिँदै छ ।
यसैगरी, प्रतिनिधिसभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ ।
यस्तै, आज सार्वजनिक लेखा समितिको बैठक बस्दै छ । बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ भने बैठक बिहान ११ बजे बस्दै छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको ३७ औँ बैठक पनि आज बस्दै छ । साढे ११ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदै छ ।





























प्रतिक्रिया