काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षका लागि योगेन्द्र बुढा, उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, विजय प्रकाश सापकोटा र विश्वमणि थापाले उम्मेदवारी दिएका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आकांक्षीलाई निवासमा बोलाएर छलफल गरे पनि सर्वसम्मति सफल नभएपछि मंगलबार साँझ मनोनयन दर्ता गरिएको थियो ।
२३ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वको छनोटका लागि माघ १२ गते निर्वाचन हुँदै छ । केन्द्रीय नेतृत्वमा उमेरहद लागू गरेको अखिल क्रान्तिकारीमा ३२ वर्षभित्रका अर्थात् २०४९ माघ ७ गतेपछि जन्मिएका प्रतिनिधिले मात्रै केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दर्ता गर्न पाउनेछन् ।





























प्रतिक्रिया