अहिले हाम्रो राष्ट्रिय स्वार्थ छोटो समयभित्र तिव्र गतिमा विकास गर्नु हो -गगन थापा

अहिले हाम्रो राष्ट्रिय स्वार्थ छोटो समयभित्र तिव्र गतिमा विकास गर्नु हो -गगन थापा

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशीक नीतिका सवालमा र वैदेशीक सहायताका सवालमा नेपाली कांग्रेस पार्टीका निर्णयहरु एउटै अनुकूलका हुने बताएका छन् ।

बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टी सरकारमा हुँदा एउटा र सरकार बाहिर रहँदाखेरी अर्को निर्णयहरु कहिँले नगर्ने बताएका हुन् । उनले हरेक राजनीतिक पार्टीले अनुकुलतामा एउटा प्रतिकुलतामा अर्को गर्दै अगाडि बढ्न नहुने बताए ।

उनले भने, ‘नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक गोष्ठी जस्ता धेरै संवादहरु हुन आवश्यक छ । यस्तो विषयहरुमा सुशुचित बहस हुनुपर्छ । यस्तो विषयहरुमा तथ्य र प्रमाणका आधारमा बहस हुनुपर्छ । यस्ता विषयहरु राजनीतिक उत्तेजनाका विषयहरु बनाइनु हुँदैन । राजनीतिक स्वार्थका विषयहरु पनि बनाइनु हुँदैन । म नेपाली कांग्रेसको तर्फबाट प्रष्टका साथ भन्न सक्छु की वैदेशीक नीतिका सवालमा र वैदेशिक सहायताका सवालमा नेपाली कांग्रेस पार्टीका निर्णयहरु,हाम्रा आफ्ना अडानहरु, हामीले लिएका पक्षधरताहरु हेर्यौं भने नेपाली कांग्रेस सरकारमा होस् या सरकार भन्दा बाहिर होस्, नेपाली कांग्रेसका निम्ती राष्ट्रिय राजनीतिको अवस्था अनुकुलता होस् या प्रतिकुलता होस् यी विषयहरुमा पार्टीको पोजिसन बद्लिएको छैन । हामी सरकारमा हुँदा एउटा र सरकार बाहिर रहँदा एउटा र अनुकुलतामा एउटा प्रतिकुलतामा एउटा त्यो ढंगबाट जानु हुँदैन । अरु राजनीतिक दलहरुबाट पनि यहीँ कुराको अपेक्षा गर्न सकियोस् । यसो गर्यो भने मात्र हामी सहि बाटोमा जान सक्छौं । ’

साथै उनले वैदेशिक सहायता निश्वार्थ कहिले नहुने बताए । उनले अहिले नेपालको राष्ट्रिय स्वार्थ छोटो समयभित्र तिव्र गतिमा विकासका आकांक्षाहरु पूरा गर्नु रहेको बताए ।

उनले भने, ‘वैदेशिक सहायतामा हामी प्रस्ट छौं, यो निश्वार्थ हुँदैन । तर वैदेशिक सहायता जसले लियो उसको पनि स्वार्थ हुन्छ । आज हाम्रो नेपालको राष्ट्रिय स्वार्थ के हो भने हामीलाई छोटो समयभित्र तिव्र गतिमा विकासका आकांक्षाहरु पूरा गर्नु छ , त्यसका निम्ती हामीसँग स्रोत र साधनको अभाव छ । त्यो स्रोत र साधनको जोहो गर्नु हाम्रो राष्ट्रिय स्वार्थ हो । स्रोत र साधनलाई जोहो गर्नका निम्ती एउटा माध्यम हो वैदेशिक सहायता ।’

Skip This
Skip This
Logo