मधेश प्रदेशसभा अगाडि मुख्यमन्त्री सिंहको पुत्ला दहन

मधेश प्रदेशसभा अगाडि मुख्यमन्त्री सिंहको पुत्ला दहन

केन्द्रबिन्दु
63
Shares

जनकपुर । जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतिसकुमार सिंहको पुत्ला दहन गरिएको छ ।

बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरुले मुख्यमन्त्री सिंहको पुत्ला दहन गरेका छन् । मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरुले विरोध जनाएका छन् ।

चार लाखभन्दा बढी बोलिने भाषालाई विधेयकमा नराखिएकोमा उनीहरुले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी विरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए ।

विरोध प्रदर्शनमा युवाहरुले पहिचानवादी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन् ।

Logo