प्रधानमन्त्री ओली बुटवल जाँदै, पाल्पामा ३ र रुपन्देहीमा एउटा कार्यक्रममा सहभागी हुने

प्रधानमन्त्री ओली बुटवल जाँदै, पाल्पामा ३ र रुपन्देहीमा एउटा कार्यक्रममा सहभागी हुने

केन्द्रबिन्दु
90
Shares

प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन् । रुपन्देही र पाल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन ओली रुपन्देही जान लागेका हुन् ।

एमालेका अध्यक्षसमेत रहेका ओली शुक्रवार पाल्पाका ३ वटा कार्यक्रम र रुपन्देहीमा एउटा वटा कार्यक्रममा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए ।

प्रधानमन्त्री ओलीले शुक्रवार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम छ भने त्यहाबाट हेलिकप्टरमार्फत सवा १२ बजे बुटवलको बुटवल मण्डपस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आइपुग्ने छन् ।

प्रधानमन्त्री ओलीले पाल्पाको तिनाउ गाउपालिकाको दोभानमा नव निर्मित प्रशासकीय भवन समुद्घाटन गर्ने कार्यक्रम तय भएकोले उनी बुटवलबाट दोभान जाने तिनाउ गाउँपालिकाका प्रमुख प्रेम श्रेष्ठले बताए ।

ओलीले तिनाउ गाउँपालिकाको भवन उद्घाटन गरेपछि त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने र सिद्धार्थ राजमार्गको सिद्धबाबामा निर्मित सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागिता जनाउने छन् । सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु उत्सव’लगत्तै प्रधानमन्त्री ओली बुटवल गोरुसिंगे सडक शिलान्यास गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

बुटवल गोरुसिंगे सडक आयोजना प्रमुख ईन्जिनियर कुशलता न्यौपानेका अनुसार दिउँसो २ बजे प्रधामन्त्री बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित सडक स्तरोन्नती सिलान्यास कार्यक्रममा सहभागी हुनेछन् ।

Logo