सडक बिस्तारको क्रममा डोजर चलाइएपछि आजपाको आपत्ति

सडक बिस्तारको क्रममा डोजर चलाइएपछि आजपाको आपत्ति

केन्द्रबिन्दु
189
Shares

रौतहट । रौतहटको बौद्धिमाई नगरपालिका वडा नं.८ र ९ सरमुजवामा सडक बिस्तारको क्रममा डोजर चलाइएको छ ।

बौद्धिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवको अगुवाइमा सडक क्षेत्रभित्र पर्ने संरचना हटाएको हो । सडक क्षेत्रमा रहेका केहिको घरगोठ  तथा परालको थुप्रो नगरपालिकाले हटाएको  छ तर स्थानीयहरुले भने नगरपालिकाले जबर्जस्ती गरेको आरोप लगाएको छन् । नगर प्रमुख यादवका अनुसार सडक बिस्तारका लागी स्थानीयलाई  जानकारी दिएर नै संरचना हटाएको बताए । पटक पटक सूचना दिदा समेत बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाइएको उनको दाबी छ ।

यस बिषयमा पछिल्लो एक महिनादेखी विवाद हुदै आएको थियो । सरमुजवा घटनाको विरोध गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले  प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन । उनले सो घटनामा संलग्न प्रहरीलाई कारवाही गर्न माग गरेका छन् ।

एकातिर भोग चलनको आधारमा जनतालाई लालपुर्जा दिनका लागि भूमी आयोग गठन गर्ने अर्कोतर्फ जनताको उठीवास नै लगाईदिने काम दोहोरो चरित्रको भएको टिप्पणी साहले गरेका हुन् ।

Logo