मधेशका आठ पार्टीको संयुक्त बैठक बस्दै

मधेशका आठ पार्टीको संयुक्त बैठक बस्दै

केन्द्रबिन्दु
30
Shares


काठमाडौं । मधेश केन्द्रित आठ पार्टीले मधेश केन्द्रित संयुक्त मोर्चा बनाउन बैठक बस्दैछन् ।


जनमत पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बस्ने तय भएको छ ।


आजको बैठकमा आठ पार्टीको मोर्चा बनाउने विषयमा छलफल केन्द्रित हुने उनले बताए । बैठकमा ८ वटै दलबाट एक–एक जना प्रतिनिधि सहभागि हुने यादवले बताए ।


बैठकमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील र तमलोपा सहभागी हुनेछन् ।

Logo