‘मुलुकमा भ्रष्टाचार व्याप्त भयाे अब आन्दोलन र महाधिवेशन सँगसँगै लैजान्छाैं’ : कमल थापा

‘मुलुकमा भ्रष्टाचार व्याप्त भयाे अब आन्दोलन र महाधिवेशन सँगसँगै लैजान्छाैं’ : कमल थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्।

पार्टी केन्द्रीय सचिवालयले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सरकारको अकर्मण्यताका कारण जनता दिक्क भएको र प्रतिपक्षी दल नेपाली कांग्रेस कमजोर भएको भन्दै राप्रपालाई वैकल्पिक शक्तिको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

मुलुकमा व्याप्त भ्रष्टाचार, वेरोजगारी र धर्मपरिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै थापाले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशव्यापी सक्रियतामा जोड दिए।

हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको र जनताको परिवर्तनको चाहना भएकोले जनभावना अनुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाउने समेत थापाले बताए।

महाधिवेशनलाई सफलता पूर्वक सम्पन्न गर्नको निमित्त समय सीमा भित्र कार्य सम्पादन गर्न समेत थापाले सचिवालयको ध्यानाकर्षण गराए। अन्नपूर्णबाट

Logo