खबरदारी सभालाई सम्बोधन गर्न बेनी पुगे प्रचण्ड

खबरदारी सभालाई सम्बोधन गर्न बेनी पुगे प्रचण्ड

केन्द्रबिन्दु
45
Shares

म्याग्दी । सरकारका कामकारवाही विरुद्ध नेकपा माओवादी केन्द्रले म्याग्दीको बेनीमा खवरदारी सभा आयोजना गर्दै छ ।

खबरदाी सभामा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् । सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड सोमबार साँझ नै बेनी पुगिसकेका छन् । प्रचण्ड पोखरा हुँदै हिजो बेनी पुगेका हुन् ।

प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सह इन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारीसहितका नेता पनि बेनी पुगेका छन् । अध्यक्ष प्रचण्डले आज बिहान स्थानीय विकास निर्माणका आयोजनाहरुको पनि निरीक्षण गरेका उनको सचिवालयले जनाएको छ । त्यसक्रममा उनले स्थानीयसँग छलफल पनि गरेका छन् ।

Logo