यी हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

यी हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

केन्द्रबिन्दु
213
Shares

काठमाडौं । माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक भएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू-

१.नेपाल–भारत सीमादेखि भारतको मुजफ्फरपुरसम्म (भारतीय खण्ड) को प्रसारण लाइन निर्माणको लागि स्थापित कस बोर्डर पावर ट्रान्समिसन कम्पनीको बिक्रीमा रहेकोनेपाल विद्युत प्राधिकरणको हिस्सामा पर्ने २९.७३.१६३ कित्ता संस्थापक शेयर खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिने,

२.काठमाडौं उपत्यका मुकाम रहनेगरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने,

३.राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ३ बमोजिमको कार्य गृह मन्त्रालयका सचिवबाट सम्पादन गर्नेगरी अधिकार प्रत्यायोजन गर्ने,

४. २०८१ फागुन ६ देखि ८ गतेसम्म मोरक्कोकोमर्राकेस मा आयोजना हुन फोर्थग्लोबल मिनिष्ट्रियिल कन्फरेन्स अन रोड सेफ्टी विषयक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,

५.बालसुधार गृह भक्तपुर मोरङ कास्की र बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) विच भएको सम्झौताको अवधि २०८२ साल असारमसान्तसम्मको लागि थप गर्ने,

६. सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं १० मा रहेको राष्ट्रिय वनको ३.५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

७. आगामी २०८२ साल जेठ २, ३ र ४ गतेक्लाइमेट चेञ्ज माउन्टेन एण्ड द फ्य’चर अफ ह्य’मानिटी विषयमा काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने,

८.भेरी पम्पिङ्ग उपआयोजना निर्माणको लागि सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं. ८, ११ र १२ तथा लेकवेसी नगरपालिका वडा नं. १० मा रहेको राष्ट्रिय वनको ३.२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने,

९.२०८१ माघ २९ देखि फागुन १ गतेसम्म संयुक्त अरब ईमिरेट्सको दुबईमा आयोजना हुने “द वर्ल्ड गभमेएन्ट समिट २०२५” मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,

१०.वीरजञ्ज पोखरिया, कपिलवस्तुको बोडगाँउ र जुम्लाको नराकोट सिँजामा नयाँ मालपोत तथा नापी कार्यालयहरू स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने,

११.शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूको लागि आर्थिक वर्ष २०८१/८२ मा अधिकृतस्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने,

१२.विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गर्ने,

१३.आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१ स्वीकृत गर्ने,

१४.सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१ स्वीकृत गर्ने,

१५.नेपाल सरकार (कार्यसम्पादन) (आठौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

१६.सुशासन (व्यवस्थापन तथा सञ्चालन) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

१७.विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

१८.बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका सात जना अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।

Skip This
Skip This
Logo