प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल छलफल गर्दै

प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल छलफल गर्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट भर्चुअल छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।


आजको छफफलको बारेमा फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदै छ ।”

प्रधानमन्त्री ओलीले आफूले थालेको काम सक्ने सरकारको प्राथमिकता रहेको पनि उल्लेख गरेका छन् । ‘हाम्रो प्राथमिकता छ- थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ । पूर्वाधार निर्माणसम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन्ओ’, ओलीले भनेका छन् ।

Logo