आफ्नै भवन हुँदा सेवा प्रभावकारी हुन्छ : उपमेयर डंगोल

आफ्नै भवन हुँदा सेवा प्रभावकारी हुन्छ : उपमेयर डंगोल

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोलले सबै वडाको आ–आफ्नै प्रशासनिक भवन निर्माणसँगै नागरिकलाई महानगरले र वडाले दिने सेवा सुविधामा थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

शुक्रबार काठमाडौं महानगरपालिका वडा नं २९ को प्रशासनिक भवन उद्घाटन समारोहमा सम्बोधन गर्दै उपमेयर डंगोलले प्रशासनिक भवन पूर्वाधार विकासका पक्ष मात्र नभई जनतासँग जोडिएको विषय भएकाले आम जनतालाई सुशासनसँग जोड्न पनि प्रशासनिक भवनको महत्वपूर्ण भूमिका हुने बताइन ।

उनले भनिन्,‘आ–आफ्नै वडाको प्रशासनिक भवन भएमा नागरिकलाई महानगर र वडाले दिने सेवा सुविधामा थप प्रभावकारी हुन्छ भन्नेमा विश्वास राखेका छौं । आज भवन उत्घाटन गर्न पाउँदा निकै खुसी लागेको छ । यो कुनै पूर्वधारका विकासका पक्ष मात्र होईन् जनतासँग आम नागरिकसँग जोडिएको विषय हो । आम जनतालाई सुशासनसँग जोड्न पनि प्रशासनिक भवनको महत्वपूर्ण भूमिका हुन्छ ।’

उनले २९ आटै वडामा नै मेलमिलाप केन्द्र सञ्चालनमा ल्याइएको पनि जानकारी दिईन् ।

Logo