काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साध्योसाध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महशुस भएको छ । एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कैपनि चुकाउनुपर्ने छ । झुठा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन् । सरकारको यस्तो रवैयालाई सार्वभौम संसद्ले समर्थन नगरोस् ।’
सांसद अर्यालले लामिछानेको सांसद पद निलम्बन गरिनु प्रतिनिधि सभाको नियमावली–२०७९ को नियम २४८ को विपरीत रहेकाले तत्काल फुकुवा गर्न माग पनि गरेका छन् ।





























प्रतिक्रिया