काठमाडौं । डोटीबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो एकल प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै-भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन भएको बताएका छन् ।
शुक्रबार संघीय संसदको प्रतिनिधिसभाको शुन्य समयमा बोल्लै सांसद आलेले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफुले बजेट विनियोजना गराउन सफल भएको दाबी गर्दै उक्त सडकको बजेट विनियोजनका विषयमा केही तत्वहरुले अनावश्यक हल्ला फिजाइरहेको बताएका हुन् ।
उनले भने, ‘म डोटीबाट एक मात्र निर्वाचित संघीय सांसद हुँ । मैले यो सडकमा बजेट विनियोजन गराउनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग पटक पटक माग गरे र धाए । वजेट विनियोजन गराइए । अहिले प्रदेशका मन्त्री, सांसद उक्त सडकमा आफुले बजेट बिनियोजन गराएको भन्दै हल्ला फिजाउन थालेका छन् । संघीय सरकारको बजेट संघीय सांसदले विनियोजन गराउँछन की प्रदेशका मन्त्री, सांसदले ?’
यसैगरी सांसद आलेले उक्त योजनामा प्रदेश सरकार, स्थानीय तहहरुले बजेट बिनियोजन नगराएको स्पष्ट पर्नु हुँदै आफ्नो एकल प्रयास र मेहनेतले बजेट पार्न सफल भएको जिकिर गरे ।
उनले भने, ‘झुटको खेती गर्न त लाज मानौँ । तपाईंहरुलाई आफू भन्दा माथिल्लो तहका योजना पनि हामीले गरेका हौँ भन्न कत्ति पनि लज्जाबोध हुँदैन । मेरो एकल प्रयासले बजेट विनियोजन भएको हो ।’
आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा बजेट विनियोजन गराउन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थममन्त्री वर्षमान पुन समक्ष दर्जनौँ पटक धाएर २०८१ जेठ १५ को बजेटमा करिब ४३ करोड बजेट विनियोजन भएको र त्यसपछि सडक डिभिजन, सडक विभाग, मन्त्रालयलाई ताकेदा गर्दा गर्दा बहँुवर्षिय कार्यक्रमको स्रोत सुनिनिश्चताको सहमति दिएको भन्दै सांसद आलेले तत्कालिन प्रधानमन्त्री प्रचण्ड अर्थममन्त्री वर्षमान पुन तथा हालका अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद समेत दिए ।





























प्रतिक्रिया