काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटी हेरफेर गरेको छ । हेरफेरका कारण कतिपय केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यलाई जिम्मेवारी हटाइएको छ भने कतिपयलाई थप गरिएको ।
मााआवादी केन्द्रीय समिति बैठकले गण्डकी प्रदेशमा कार्यरत गुप्त हमाल र दिलमाया रोकालाई निश्कृय रहेको तथा केशव कुँवर वैदेशिक रोजगारीमा रहेको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाएको छ ।। यस्तै गण्डकी प्रदेश अन्तरगतका रेशमबहादुर जुग्जाली मगर (म्याग्दी), धनबहादुर बिक (बागलुङ) र मदन आले (तनहुँ) लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
माओवादीमा नयाँ जिम्मेवारी पाउनेहरुमा कृष्णराज न्यौपाने ‘लब्ली’ (चितवन), बद्री तिमिल्सिना (चितवन) र खगेन्द्र छन्त्याल (बागलुङ) छन् । उनीहरुलाई वैकल्पिक केन्द्रीय सदस्य तथा अरुणपीडित भण्डारी (चितवन)लाई केन्द्री आयोगमा जिम्मेवारी दिइएको छ ।
यस्तै केन्द्रीय सदस्य रामलाल बिकको ठाउँमा केन्द्रीय सल्लाहकार छिरिङ डण्डुल लामा (हुम्ला)लाई मनोनित गरिएको छ । उनी संघीय सांसद पनि हुन् । साथै विरेन्द्र बस्नेत (झापा)लाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरिएको छ भने प्रवास कार्यालयमा कार्यरत टिबी पाठकलाई पार्टी केन्द्रीय सल्लाहकारमा मनोनित गरिएको छ ।
केही समय पहिले बसेको माओवादी बैठकले पश्चिम अन्तरदेशीय प्रवास प्रदेश कार्यालयको सिफारिस अनुसार प्रदेश समितिमा १७ जना र बेलायतमा पार्टी एकतामा जोडिएका क्षेत्रकला राई र नरहाङ राईलाई प्रवास प्रदेश समितिमा मनोनित गर्ने निर्णय पनि भएको छ ।





























प्रतिक्रिया