काठमाडौं । सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहहलाई जर्मन तानाशाह हिटलरको संज्ञा दिएका छन् ।
काठमाडौं महानगरले कवाडी व्यवसायीमाथि अत्याचार गरेको भन्दै सोमबार प्रतिनिधि सभा आफ्नो धारणा राख्दै सांसद सिंहले संसद भवन र सिंहदरबार भत्काएर देखाउन चुनौती दिएका हुन् । ‘हिम्मत भए संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ। यो शैली चल्दैन। यो कानून र न्याय नभएको देश हो । त्यो मेयर कुन तानाशाह भएर निस्किएको छ ?’ उनले भने ।
आइतबार काठमाडौं महानगरले कवाडी व्यवसायमाथि डोजर चलाएको थियो । जसमा वसन्त नेपाली, हरिष अन्सारी, हतिश देवानी रञ्जन रौनियार घाइते भएको र हाल उनीहरुको उपचार भैरहेको सांसद सिंहले जानकारी दिए ।
साथै उनले नागरिकको एक ठाउँबाट अर्को ठाउँमा बस्ने, जाने, बोल्ने संविधान प्रदत्त मौलिक हक अधिकारको रक्षा गर्न सरकारलाई आग्रह पनि गरे।































प्रतिक्रिया