‘मिडिया काउन्सिल विधेयक’ राष्ट्रिय सभाबाट पारित

‘मिडिया काउन्सिल विधेयक’ राष्ट्रिय सभाबाट पारित

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित भएको छ ।

आज बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवद्र्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रुपमा स्थापित गर्ने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याइएको हो।

पारित हुनुअघि उक्त विधेयकको दफावार छलफलमा सांसद राजेन्द्रलक्ष्मी गैरेले भाग लिएकी थिइन् ।

Logo