राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

केन्द्रबिन्दु
237
Shares

काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ ।

निमोनियाँ रोगले पीडित दाहालको आज दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए ।

दाहाल २०३८ साल देखि २०४२ साल सम्म पञ्चायत संसदमा काठमाडौं निर्वाचन क्षेत्रकी सांसद थिइन् । पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर उनी राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी हुन् । श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Skip This
Skip This
Logo