काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सबै नेताहरुको सम्पत्ति छानविन हुनुपर्ने माग राखेका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद झाले भने, ‘वर्षाैं जेल बसेर बाहिर आउँदा एकाएक महल कसरी ठडियो ? कुनै व्यवसाय थिएन, आर्थिक स्रोतको कुरै छैन, तर सबैकाे नेताहरुकाे महल ठडिएकाे छ । त्यसको छानविन गर्नुपर्दैन ? हाम्रो पनि गरौं र सुशासनको अध्यासको सुरुवात गरौं ।’
यदी कसैको सम्पत्ति छानविन नगर्ने हो भने संसद रोकेर अध्यादेशमार्फत नै निर्णय गर्न पनि उनको चुनौती छ । ‘केही दिनका लागि सदन रोकौं । अर्को अध्यादेश ल्याइदिनुहोस् र भन्नुहोस् तत् पार्टीका नेताहरुको सम्पत्ति छानविन आजीवन हुँदैन भनेर ।’





























प्रतिक्रिया