नेकपा एसको स्थायी कमिटी बैठक जारी, आजै पोलिटब्यूरोको पनि बस्दै

नेकपा एसको स्थायी कमिटी बैठक जारी, आजै पोलिटब्यूरोको पनि बस्दै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अवस्था, केन्द्रीय कमिटी बैठकका एजेन्डालगायतको विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार शुरु भएको बैठकले आज पनि निरन्तरता पाएको हो ।

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो। बैठकले प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ । प्रतिवेदनमाथि आज स्थायी कमिटी सदस्यदरूबीच छलफल चल्ने पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।


प्रतिवेदन बिहीबार शुरु हुने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ।

Skip This
Skip This
Logo