देउवाको भारत भ्रमण रद्द

देउवाको भारत भ्रमण रद्द

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहभागि नहुने भएका छन्

यससँगै सभापति देउवाको भारत भ्रमण रद्द भएको छ । इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा आमन्त्रण गरेको थियो । त्यस कार्यक्रममा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए ।

शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई वक्ताका रुपमा आमन्त्रित गरिएको थियो । अन्तिम समयमा आएर देउवाको भ्रमण रद्ध भएको हो ।

भारत भ्रमण रद्ध हुनुको कारणबारे केही खुलाइको छैन ।

Logo