काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन् ।
आइतबार संघीय ससद भवन परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै सांसद श्रेष्ठले ताप्लेजुङमा निर्माण भरहेको केवलकारका विषयमा बोल्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ । ताप्लेजुङबाट आएका भिडियोहरु भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरुको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिँदैन । भौतिक पूर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ । त्यो एकदम खेदजनक छ ।’
उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिकर्मीहरुले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन् ।





























प्रतिक्रिया