यातायातसम्बन्धी सबै समस्या समाधान गर्छौँ : मुख्यमन्त्री लामा

केन्द्रबिन्दु
39
Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले यातायातसम्बन्धी सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।

नारायणी यातायात व्यवसायी सङ्घको ३६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन उद्घाटन समारोहलाई आज हेटौँडामा सम्बोधन गर्दै उनले यातायातसम्बन्धी नियम कानुन संशोधन गरी समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे।

राज्यले गर्नुपर्ने धेरै काम यातायात व्यवसायी आफैँले गरिरहेको बताउँदै उनले सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउन छलफल अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताए। विदेशमा भएको प्रणाली प्रदेशमा पनि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड उनले दिँदै दुर्घटना तथा बिमासम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताए।

बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशको ३० प्रतिशत राजस्वमा यातायात क्षेत्रले योगदान गरिरहेको बताए। उनले २२ लाख सवारी चालक अनुमतिपत्र नागरिक एपमा राखिएको जानकारी दिए। अनलाइनबाटै राजस्व तिर्ने, नवीकरण गर्ने र नामसारी गर्ने व्यवस्था मिलाउने तयारीमा प्रदेश सरकार लागिरहेको उनले बताए ।

सङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले सेवामूलक संस्था भएर पनि सङ्घले नेपाल सरकारलाई कर तिर्दै आइरहेको उनले बताए । अहिले पनि ठूलो रकम सरकारलाई कर तिनुपर्ने र आर्थिक अभावका कारण भरतपुरको रामनगरमा रहेको जग्गा बिक्री गरेर कर चुक्ता गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । हेटौँडामा मुख्य कार्यालय रहेको नारायणी यातायात ब्यवसायी सङ्घले चितवनको रामनगरमा रहेको जग्गा बिक्री गरी कर तिर्ने तयारी गरिरहेको छ ।

विसं २०७५ फागुन १९ गतेको राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ अनुरुप नारायणी यातायात व्यवसायी सङ्घको रुपान्तरित कम्पनीको रूपमा स्थापना भएको पुरानो नारायणी यातायात कम्पनी प्रालि दर्ता गरेर सङ्घका नेतृत्वले व्यवसायीका दुर्घटना, बिमा दायित्वलगायत विषयमा काम गर्न थालेको थियो ।

साधारणसभामा संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ, प्रेमबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटलगायतले शुभकामना दिएका थिए।

सङ्घले हेटौँडामा मुख्यालय रहेको मानव सेवा आश्रमलाई हरेक साधारणसभामा सहयोग गर्दै आएकामा यो वर्ष नगद ५१ हजार सहयोग गरेको छ । त्यस्तै पाँच जना चालकलाई जनही नगद १० हजारसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा हेटौँडाका अर्जुन भुर्तेल, ध्रुवलाल श्रेष्ठ, काठमाडौँका सुरेश श्रेष्ठ, चितवनका भोला थापा र रौतहटका रामपुकार राय रहेका छन्। साधारणसभामा नेपाल मेडिसिटी अस्पताल काठमाडौँका विशेषज्ञ डाक्टरको टोलीले व्यवसायीको स्वास्थ्य परीक्षण गरेका थिए ।

यातायातसम्बन्धी सबै समस्या समाधान गर्छौँः मुख्यमन्त्री लामा

Skip This
Skip This
Logo