गण्डकी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कसैको पनि सेवा सुविधा बढाउने पक्षमा पार्टी नरहेको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ को पोखरामा उद्घाटन गर्दै प्रवक्ता डा. महतले यस्तो बताएका हुन् ।
पार्टी केन्द्रीय सदस्य महतले पूर्वपदाधिकारीको सेवा सुविधा बढाउने लागेको भन्दै सरकार र कांग्रेसको आलोचना भइरहेकाले यस्ता कुराका पछि नलाग्न आग्रह गरे । आर्थिक रुपान्तरणको एजेन्डालाई सशक्त बनाउनुपर्नेमा जोड दिँदै उनले युवाका लागि देशमै अवसर सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए ।
विभागका प्रमुख मीन विश्वकर्माले कांग्रेसले देशका सबै तहमा बहुमत नेतृत्व गरिरहेका अवस्थामा पनि निराशका कुरा बढी हुनु राम्रो नभएको बताए । उनले पार्टी नेतृत्वमा भएका कामको प्रचारमा जुट्न र पार्टीभित्रै एकले अर्कालाई आलोचना गर्ने प्रवृत्ति हटाउन आग्रह गरे ।































प्रतिक्रिया