काठमाडौं । विपक्षी विद्यार्थी संगठनको आन्तरिक विवाद देखाएर निर्वाचन हुन नदिन षड्यंत्रकारी भूमिका खेलेको भन्दै नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले आपत्ति जनाएको छ।
त्रि.वि.केन्द्रिय क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको र अन्तिम मतदाता नामावली प्रकाशन भई उम्मेदवारी दर्ता प्रक्रिया समेत सम्पन्न भईसकेको छ।
निर्वाचन प्रक्रृया अगाडी बढ्दै गर्दा इतर पक्षको संगठनको आन्तरिक विवाद देखाएर आजको दिनसम्म पनि निर्वानको बाँकी प्रक्रिया अगाडि नबढेको भन्दै अखिल (क्रान्तिकारी)ले विज्ञप्ती जारी गरी आपत्ति जनाएको हो।
विज्ञप्तीमा भनिएको छ, स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीहरूका मुद्दाहरू उठाउने र समाधनको पहल गर्ने वैधानिक प्रतिपक्षी साझा मञ्च हुनुको साथैं विश्वविद्यालय रुपान्तरणको निम्ति अग्रणी भूमिका निर्वाह गर्न सक्ने सचेत युवाहरूको निर्वाचित संस्था हो।

स्वच्छ र निष्पक्ष ढङ्गबाट समयमै स्ववियु निर्वाचन सम्पन्न गराउन आजको आवश्यकता हो । विद्यार्थीले उत्सवका रूपमा मानिरहेको स्ववियु निर्वाचनमा एकाएक विवाद सिर्जना गर्नु, आचारसंहिता विपरित अमार्यादित गतिविधि गर्नु, विश्वविद्यालय प्रशासन र निर्वाचन समिति मुकदर्शक भएर बस्नुले कतै स्ववियु निर्वाचन बिथोल्नतिर उन्मुख भएको त होइन भन्ने आशंका सिर्जना भएको छ।
विद्यार्थीको अधिकार कुन्ठित हुनेगरी गरिएका यस्ता अराजक गतिविधिको घोर भत्र्सना गरेको व्यक्त गर्दै आफ्ना अमर्यादित गतिविधि तत्काल सच्याउन सम्बन्धित पक्षलाई चेतावनी समेत दिएको छ।
साथैं विश्वविद्यालय प्रशासन र निर्वाचन समितिलाई अविलम्ब निर्वाचन सम्बन्धी बाँकी प्रक्रियाहरू कानुन अनुसार अगाडी बढाई स्ववियु निर्वाचन सम्पन्न गर्न माग समेत गरेको छ।
अन्यथा स्ववियु चुनाव समयमै नभए हक अधिकार स्थापित गर्न र स्ववियु संस्थाको गरिमा जोगाउनका निम्ति यसकाविरुद्ध संगठनले जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ।































प्रतिक्रिया