काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना सम्बोधन र प्रयोगमा जसरी ‘शाही निसान’ र ‘श्री ५’ प्रयोग गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसद खतिवडाले पूर्वराजाको यो कदम संविधान विरोधी रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
गत फागुन ६ गते प्रजातन्त्र दिवसका अवसरमा दिएको भिडियो सन्देशमा पूर्वराजाले ‘श्री ५ र शाही निसान’ शब्दको समेत प्रयोग गरेका थिए । राजतन्त्र कायम रहेसम्म नारायणहिटी दरबारमा ‘शाही निसान’ अंकित झन्डा राख्ने प्रचलन थियो । तर, राजतन्त्रको अन्त्य भएसँगै नेपालमा शाही निसान २०६५ जेठ १७ गते हटाइएको थियो ।





























प्रतिक्रिया