‘प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचकाे भेट सकारात्मक र उत्साहप्रद’

‘प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीचकाे भेट सकारात्मक र उत्साहप्रद’

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भएको भेट दुई देशबीचको मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, “दृढ र अविचलित हुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो ।” उनले छिमेकीबीचको परस्परको विश्वास, समझदारी र सहकार्य नै आर्थिक समृद्धिको बाटो हुने उल्लेख गरेका हुन् ।

“छिमेकीहरु बीचको परस्परको विश्वास, समझदारी र सहकार्यका माध्यमबाट क्षेत्रीय शान्ति र त्यसका माध्यमबाट आर्थिक समृद्धि अबको बाटो हो भन्ने कुराले नै भविष्यमा एसिया पुनः विश्व सभ्यताको केन्द्र बन्न सफल हुनेछ”, उनले भनेका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि थाइल्याण्डको बैड्ककमा उनीहरूबीच भेटवार्ता भएको थियो ।

Logo