अब राजाको विकल्प छैन, नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था आउनेछ -सांसद सिंह

अब राजाको विकल्प छैन, नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था आउनेछ -सांसद सिंह

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताएका छन् ।

काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै सांसद सिंह ले भने, ‘देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन। देश र जनता बचाउन सबै एकजुट हुनुपर्ने अवस्था आएको छ । यो तस्करले चलाएको भ्रष्ट सरकारलाई जडबाट उखेलेर फ्याकिदिउँ ।’

साथै उनले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने चेतावनी पनि दिएका छन्।

Logo