बालेनलाई राप्रपाको कटाक्ष- जथाभावी फोहोर नगर्नुहोला, एकजना पत्र काट्न तयार भएर बसेको छ

बालेनलाई राप्रपाको कटाक्ष- जथाभावी फोहोर नगर्नुहोला, एकजना पत्र काट्न तयार भएर बसेको छ

केन्द्रबिन्दु
120
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि कटाक्ष गरेका छन् ।

मंगलबार बल्खुमा आयोजित शक्ति प्रदर्शन तथा आमसभामा उद्घोषणका क्रममा सहभागीहरूलाई जथाभावी फोहोर नगर्न सचेत गराउँदै उनले भने, ‘जथाभावी फोहोर नगर्नुहोला, बोतल नफ्याँक्नु होला । एकजना पत्र काट्न तयार भएर बसेको छ ।’

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहको प्रदर्शनपछि काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार जरिवानापत्र काटेको छ । महानगरले राप्रपालाई २ पटक जरिवाना तिराइसकेको छ । त्यसकारण बालेनसँग राप्रपासँग सतर्क रहेको पाइएको हो ।

Skip This
Skip This
Logo