काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा सांसद सन्तोष परियारले नेपालको शिक्षामा आम जनमानसले चाहेअनुसार विकास हुन नसकेको बताएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको एडुक्लेभ ३.० कार्यक्रममा बोल्दै सांसद परियारले शिक्षा नीतिमा कुनै समस्या नभएको तर, चाहे जतिको काम गर्ने वातावरण निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
उनले भने, ‘सरकार यसप्रति कत्तिको जिम्मेवार छ, त्यो त एनओसीले लिएर वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्याले देखाइसकेको छ ।’
यदि देशको शिक्षा सुधार गर्ने हो भने शिक्षा क्षेत्रलाई राजनीतिक दलीयकरणबाट टाढा राख्नुपर्ने र यसका लागि सरकारले अभिभावकत्व निर्वाह गर्नुपर्नेमा सांसद परियारले जोड दिए ।





























प्रतिक्रिया