राज्य जवाफदेही बने नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न सकिन्छः सांसद स्वर्णिम वाग्ले

राज्य जवाफदेही बने नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न सकिन्छः सांसद स्वर्णिम वाग्ले

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने बताएका छन् ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले काठमाडौंमा आयोजना गरेको एडुक्लेभ ३.० कार्यक्रममा बोल्दै सांसद वाग्लेले नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न सरकारले विद्यार्थी भिसाको पोलिसी बनाउन आवश्यक रहेको बताएका हुन् । उनले शिक्षाको सम्भावना र चुनौती बढ्दै जाँदा राज्य शिक्षाको विषयमा थप जवाफदेही हुन आवश्यक रहेको बताए ।

उनले भने,‘विद्यार्थी विदेश गएका छन् । उनीहरूलाई नेपालमा अध्ययन पश्चात् फर्किने वातावरण बनाउन आवश्यक छ । विद्यार्थी फर्किने वातावरण बनाएसँगै नेपाललाई पनि शैक्षिक हब बनाउने सम्भावनाको खोजि गर्न आवश्यक छ ।’

सरकारको मुल नेतृत्वले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजनमा पनि ध्यान दिनुपर्नेमा उनले सुझाव दिएका छन् ।

Skip This
Skip This
Logo