नेपालको क्षमता र योग्यताका कारण आइपियुमा निर्वाचित भएको हो -सभामुख घिमिरे

नेपालको क्षमता र योग्यताका कारण आइपियुमा निर्वाचित भएको हो -सभामुख घिमिरे

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालबाट निर्वाचित हुनु गर्वको कुरा भएको बताएका छन् ।

मंगलबार कानुन समितिको हलमा निर्वाचित सदस्यहरुसँग छलफल गर्दै उनले हामी क्षमतावान र सक्रियताका साथ काम गर्नुको परिणाम नै आइपियुमा निर्वाचित हुन सकिएको बताएका हुन् ।

उनले भने, ‘आवश्यकताले जन्माउने कुरा हो । कोसिस गर्यौं र अब यसलाई अघि बढाएर जानुपर्छ । टोलीमा कति लैजाने भन्ने कुरा अर्थतन्त्रसँग नै गासिन्छ । एउटा सिमित दायरा भित्र जानुपर्ने भएको छ । आवश्यकता भएपछि उपाय आउँछ । इच्छाले उपाय निकाल्ने हो यसको प्रभावले सावधान खुल्छ । ६÷६ महिनामा आइपियुको महासभा हुन्छ । त्यसमा पालो पालो एकजना मात्र प्रतिनिधित्व गराउन सकिन्छ । त्यो वातावरण बनाउन सबै पक्षलाई सहयोग रहन्छ । आइपियु सबैको सहयोगले चलेको छ । तथापी आइपियुले पनि कुनै न कुनै ढंगले सहयोग गर्ने वातावरण बनाउन सकिन्छ । हामी गरिव छौं भनेर मागेर मात्र होइन क्षमतावान पनि छाँै, सक्रियताका साथ काम गरेर परिणाम दिन सक्छौँ ।’

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालबाट आफू निर्वाचित हुनु नेपालको लागि गौरवको कुरा भएको बताएकी छन् ।

उनले भनिन्, ‘अन्तरव्यवस्थापिका संघको स्वास्थ्यसम्बन्धी समिति सदस्यमा नेपालबाट आफू निर्वाचित हुनु नेपालको लागि गौरवको कुरा हो । केही समयदेखि नेपाल सहभागी भइसकेको थियो । अनुभव बटुलिरहेको थियो । केही गरौं भन्ने मनशाय मनमा राखिरहेको थियो । यो वर्ष संयोगले मौका मिलेजस्तो लागेको छ । नेपालले यसपटक अन्तर व्यवस्थापिका संघमा आफ्नो हैसियत निर्माण गरेको छ भन्ने मलाईं महशुस भएको छ । केही उपलब्धिहरु हासिल पनि गरेका छौं । यो सम्पूर्ण उपलब्धिका पछाडि सबै राजनीतिज्ञहरुको विशेष भूमिका छ ।’

गौतम १५०औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्यमा चैत २७ गते निर्वाचित भएकी थिइन् ।

Logo