काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
शिक्षकहरुको आन्दोलन चर्किएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वर्षे अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेकोे विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।






























प्रतिक्रिया